के हो त यो सलह?
सलह फट्याङ्ग्रा को एक प्रजाती हो। यो एक किसिमको फौजी किरा हो। यस किराले बालीनाली मा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ।
वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट्बिरुवा लाई सखाप बनाउछ।संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ
सलह किराको सङ्ख्या सुरुमा कम हुने गर्दछ । तर लगातार वर्षाको कारण उक्त ठाउँ चिस्सिएर (अण्डाबाट निस्किन उपक्युत वातावरण) सलह किराको प्रजनन् दर (Breeding Rate ) बढेको पाइन्छ । हरेक पटकको प्रजननमा यो किरा २० फोल्ड सम्म सङ्गसङ्गै नयाँ पुस्ता २० गुना ठूलो हुने र यस किराको बाँच्ने दर समेत ३-५ महिना जति हुने गर्दछ जुन वातावरणमा धेरै भर पर्छ। उमेर सँगै पछाडीको खुट्टामा स्पर्श उत्तेजनाको कारणले गर्दा सेरोटोनिन हर्मोनको मात्रा बढेर सलह किराको रङ्ग, आहारा र प्रजनन् मा फरकपना आउँदछ । २०-४० दिन सम्मका किरालाइ होपर भनिन्छ र यसका पेखेटा पनि आइसकेका हुदैनन्। यो किरालाइ नियन्त्रण गर्ने उपयुक्त समय मानिन्छ र यसको रङ हरियो हुन्छ। त्यस पछि हरियो देखि खैरो र गुलाबि हुदै पहेलो रङको हुन्छन जुन अवस्थामा यसको नियन्त्रण लगभग असम्भव छ। यी किराहरु समुह बनाएर झुण्ड रुप लिई बसाइँसराइ गर्न थाल्दछन् । किराहरु धेरै जसो सुस्त गतिमा हावा चलेको दिशा र कम चाप हुने ठाउँमा उड्ने गर्दछन् । झुण्डमा स-साना पखेटाबिहिन निम्फहरु र बलिया वयस्कहरु पनि हुने गर्दछन् । यी सबै मिलेर बालीनालीलाई नष्ट पार्दछन् । सामान्यतया एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ । एक बर्ग किलोमीटर क्षेत्रफलमा ८० लाखसम्म किराहरु हुन सक्ने समेत प्रमाण पुष्टि भएको छ भने यी किराहरु दैनिक ९० माईल (१५० किमि) सम्मको दुरि पार गर्न सक्दछन् । एक दिनमा यो किराले करिब ३५००० मान्छेले बराबरको खाना खान सक्ने र जुनको महिनामा यो बढेर १,७५००,००० सम्म पुग्ने अनुमान छ।
हरेक १० बर्षमा सोलार Activity कम हुने र यसबाट आउने कस्मिक किरणले किरा तथा भाइरसको जिबन चक्रमा केहि फरकपना ल्याउने कुरा पनि कहि कतै भेटिेएको छ। १०० बर्षमा २०२० कि solar activity सब भन्दा कम रेकड गरिएको छ। जलवायु परिवर्तन जस्ता विभिन्न मानविय क्रियाकलापहरुले गर्दा पनि यो समस्या आएको हो र यसको जैविक तवरबाट चाडै यस किराको ब्यवस्थापन गरिनु पर्दछ भन्ने आधुनिक मान्यता आएको छ । अफ्रिका हुँदै इजिप्ट, जोर्डन र इजरायल जस्ता देशहरुमा लामो समयसम्म यस किराको प्रकोप देखिएको थियो भने यसले झण्डै २.५ लाख अमेरिकी डलर बराबरको क्षति समेत पुर्याएको थियो । विश्व खाद्य संगठन (FAO) ले अफ्रिकामा सलहि किरा ब्यबस्थापनलाइ सुरु गरेको कार्यक्रममा अरबाैको लगानि गर्दा पनि यो बर्ष अफ्रिकामा ५ करोड मान्छे खाद्य सङ्कटमा पर्ने कुरा जनाएको छ।
नियन्त्रणको उपाय
सलह किराको प्रकोपलाई कम गर्नको लागि विभिन्न पहल हरु भईरहेका छन् । तिमध्ये केही उपायहरु यसप्रकार छन् ।
- विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रामा ( ULV form ) अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।
- कम दुरि उड्न सक्ने उपकरणबाट वायुमण्डलिय डिस्टर्ब सिर्जना गर्न सकिन्छ ।
- किराले प्रजनन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
- टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलापबाट पनि केही हदसम्म यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।
- अलि बढी फैलिएको ठाउँमा भने जैविक किट्नाशक औषधि ( Biopesticides ; Fungai based Green Muscle ) प्रयोग गर्न सकिन्छ ।
- भारतले यो बेला मालाथिएनको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाइजिनन र फिप्रोनिल साथै अफ्रिकामा Green Muscle भन्ने बिषाधिको प्रयोग सब भन्दा सफल देखिन्छ।


0 Comments:
Post a Comment