निजामति सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, 2065 मा व्यवस्था भएअनुसार निजामति कर्मचारी पालना गर्नुपर्ने पेसागत आचरणहरु निम्न छन्-
Ø आफ्नो कामसँग सम्बन्धित सबै कानूनको
जानकारी राख्नुपर्ने,
Ø प्रचलित कानुन, अदालतको निर्णय वा आदेश,
संवैधानिक निकाय र नेपाल सरकारको निर्णयको सदैव सम्मान र पालना गर्नुपर्ने,
Ø आफ्नो पेसाको सम्मान गर्ने, पेसालाई
प्रतिष्ठापूर्ण र मर्यादित बनाउनका लागि सदैव प्रयत्नशील रहनुपर्ने,
Ø सेवाग्राही र सर्वसाधरण जनतामा निजामति
सेवाप्रति नकरात्मक भावनाको विकासहुने गरी कुने कुरा व्यक्त गर्न वा सूचना प्रवाह
गर्न नहुने,
Ø आफ्नो क्षमता विकास गर्ने प्रयत्न गर्ने,
पेसागत अनुमतिपत्रका सर्तहरु पालना गर्नुपर्ने,
Ø आफ्नो जिम्मेवारी इमान्दारीताका साथ
क्षमताले भ्याएसम्म गुणस्तरीय रुपमा सम्पन्न गर्नुपर्ने,
Ø आफूले सम्पादन गरेको कामको जिम्मेवारी
लिनुपर्ने,
Ø राय सल्लाह दिँदा निष्पक्षता एवं
इमान्दारीताका साथ सोधिएका सबै विषयमा कानुन सम्मत हुने गरी दिनुपर्ने,
Ø पेसा वा कार्यका सम्बन्धमा कायम रहेका
नैतिक मापदण्ड पूरा गर्नुपर्ने,
Ø सरकारी काममा आफूभन्दा माथिको कर्मचारीले
दिएको निर्देशनलाई शीघ्रताका साथ पालना गर्नुपर्ने,
Ø आफ्नो काम कारबाही आर्थिक रुपमा मितव्ययी
एवं किफायतपूर्ण गर्नुपर्ने,
Ø आफू वा आफ्नो परिवारका सदस्यबाट समेत
सरकमरी कोष वा सम्पत्तिको हपनामिना, बेवास्ता र दुरुपयोग गराउन नहुने,
Ø सरकारी सम्पत्ति अनाधिकृत रुपमा
कुनै राजनितिक दल वा राजनीतिक दलका भातृ संगठन
वा त्यस्ता कार्यक्रमका लागि प्रयोग गर्न दिन नहुने,
0 Comments:
Post a Comment